सन्दीप लामिछानेको कप्तानीमा राष्ट्रिय क्रिकेट टिम घोषणा

Read Time = 1 min
A A- A+

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले क्यानडामा हुने श्रृंखलाका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय राष्ट्रिय क्रिकेट टिम घोषणा गरेको छ ।

मुख्य प्रशिक्षक पुवुदु दासानायकेले युवा बलर सागर ढकाल र ब्याटर सुनिल धमलालाई बाहिर राख्दै टिम बनाउनुभएको हो । दुबै खेलाडी अमेरिका भ्रमणमा भने समावेश भएका थिए ।

पुवुदुले सागर र सुनिलको स्थानमा बसिर अहमद र पवन शर्राफलाई मौका दिनुभएको छ । क्यानडा भ्रमणपछि यो टिमले नै नामेविया र स्कटल्याण्ड सम्मिलित त्रिदेशीय श्रृंखला खेल्नेछ ।

अब राष्ट्रिय क्रिकेट टिममा सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल, कुशल भुर्तेल, आशिफ शेख, देव खनाल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, बसिर अहमद, किशोर महतो, पवन शर्राफ, विनोद भण्डारीले क्यानडामा हुने श्रृंखलाकालागि खेल्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?