कक्षा ८ सम्मको दिवा खाजाका लागि अर्थ मन्त्रालयले बजेट दिएन : शिक्षामन्त्री

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाण्डौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले कक्षा ८ सम्मको दिवा खाजाका लागि अर्थ मन्त्रायले बजेट नदिएको गुनासो गर्नुभएको छ । आईतवार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९ अतर्गत सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै शिक्षामन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।

उहाँले मन्त्रालयले कक्षा ८ सम्म नै दिवा खाजाको व्यवस्था माग गरेर अर्थमन्त्रालयलाई पठाएको बताउनु भयो । मन्त्री पौडेलले सरकारको आगामी आर्थिक वर्षका लागि प्रश्तुत गरेको नीति तथा कार्यक्रममा कक्षा ८ सम्म दिवा खाजा पुर्‍याइने भनेपनि बजेट प्रश्तुत हुँदा कक्षा ८ सम्म पुर्‍याउने गरी भन्ने भाषाको प्रयोग गरिएको बताउनु भयो । उहाँले यो गल्ती मन्त्रालयको तर्फबाट नभएको उल्लेख गर्दै यसप्रकारका सबै त्रुटीहरु सच्याउन आवश्यक रहेको बताउनु भयो ।

मन्त्री पौडेलले भन्नुभयो, ‘दिवा खाजा हामीले कक्षा ८ सम्म नै भनेर पठाएका थियौँ । ६ सम्म थपिएर आएको हुँदा खुशी व्यक्त गर्दछु । तर कक्षा ८ सम्म हामीले गरेको प्रश्ताव आएन । अर्थ मन्त्रालयले पनि बजेट कमी भयो भन्नुभएको छ । नीति तथा कार्यक्रममा आयो, बजेटमा यो आएन । बजेटमा ८ सम्म पुर्‍याउने गरी हाललाई यो वर्ष छ भन्ने भाषामा आयो । यो मन्त्रालयको तर्फबाट भएको त्रुटी भन्दापनि यसप्रकारका त्रुटीहरु समग्र सच्याउनु पर्छ भन्नेकुरा जायज छ ।

पेपरलेस हुनुपर्छ भन्ने कुरा उठाउनुभएको छ । यो ठिक हो । आर्थिक वर्षदेखि देशभरका विद्यालयहरुमा भौतिक पूर्वाधारको कुरा, विद्यार्थी संख्या, मर्जको कुरा, २ हजार भन्दा बढी विद्यार्थी भएको स्थानमा बस दिने कुरा छ । सम्पूर्ण पुस्तकहरु पनि डिजिटल विधिद्वारा पुर्‍याउने र पेपरलेस टोटल बनाउनको निम्ति डिजिटल बोर्ड र कम्प्युटरको प्रचुरता सबै ठाउँमा हुनुपर्छ । सबै विद्यालयमा प्रविधि पुर्‍याउ नसक्ने बित्तिकै पेपरलेस प्रविधिलाई अघि बढाउने कुरा मन्त्रालयको प्राथमिकतामा छ ।’

मन्त्री पौडेलले शिक्षा सम्बन्धी हरेक कुराहरु डिजिटल बनाउन मन्त्रालय प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले सबै क्षेत्रमा पेपरलेस प्रविधि अघि बढाउने कुरा मन्त्रालयको प्राथमिकतामा रहेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?