तत्काल विद्यालयमा पाठ्यपुस्तक पुर्‍याउन योगेश भट्टराईको माग

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । एमाले सांसद योगेश भट्टराईले तत्काल विद्यालयमा पाठ्यपुस्तक उपलब्ध गराउन माग गर्नुभएको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै भट्टराई प्रदेशस्तरमा ३० प्रतिशत पनि पाठ्यपुस्तक नपुगेको भन्दै सदन र सरकारको ध्यानाकर्षण गराउँदै तत्काल किताब उपलब्ध गराउन माग गर्नुभएको हो ।

काठमाडौं‌कै दरबार हाइस्कुलमै पाठ्यपुस्तक नपुगेको भन्दै उहाँले यसबाट अध्ययन र अध्यापनमा अवरोध सृजना गरेको बताउनुभयो ।

संसदमा शिक्षामन्त्रीले १५ दिनमै पाठ्यपुस्तक पुर्‍याउनु प्रतिबद्धता जनाएको स्मरण गराउँदै उहाँले सोमबार १५ दिन पुग्ने भए पनि हालसम्म पाठ्यपुस्तक विद्यालयमा पु¥याउने काम नभएको बताउनुभयो ।

पाठ्यपुस्तक नहुँदा विद्यार्थी विद्यालय नजाने र अध्यापनमा समस्या भएको भन्दै उहाँले तत्काल पाठ्यपुस्तक उपलब्ध गराएर सहज रुपमा अध्ययन र अध्यापनको वातावरण बनाउन सरकारसँग माग गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?