काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बजेट निर्माणमा अनधिकृत मान्छे सहभागी भएको सिसिटिभी फुटेज अविलम्ब सार्वजनिक गर्न माग गरेको छ ।
आजको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै एमाले सांसद कृष्णगोपाल श्रेष्ठले १४ असारमा बजेट निर्माणमा अनधिकृत मान्छे सहभागी भएको सिसिटिभी फुटेज अविलम्ब सार्वजनिक गर्न माग गर्नुभयो ।
उहाँले वर्तमान अर्थमन्त्री जनार्दन शर्माले १४ असारमा अनधिकृत मान्छे सहभागी गराई बजेट बनाएकाले अर्थमन्त्रीले तत्काल राजीनामा दिन माग गर्नुभयो ।
एमाले अर्थमन्त्री भरतमोहन अधिकारीको पालामा बजेटमा भएको मानवीय त्रुटिका कारण तत्कालीन अर्थ सचिवले राजीनामा दिएको उहाँले स्मरण गराउनु भयो।
यसैगरी पूर्वअर्थमन्त्री डा.रामशरण महतले पनि बजेटका विषयमा सांसदहरूले प्रश्न उठाएपछि आफूले तत्काल राजीनामा दिएको उल्लेख गर्दै अहिलेका अर्थमन्त्री शर्मालाई पनि राजीनामा दिन माग गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच