एमालेभन्दा एक लाख ५० हजार मत बढी ल्यायौँ : उपसभापति खड्का

Read Time = 2 mins

सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तह निर्वाचनमा नेकपा एमालेको भन्दा एक लाख ५० हजार मत बढी ल्याएको बताउनु भएको छ। सुर्खेतमा आइतबार जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै उनले एमालेले भन्दा डेढ लाख बढी मत ल्याएको बताउनु भएको हो ।

‘हामीलाई जनताले लोकप्रिय मत दिएका छन् ।’ उपसभापति खड्काले भन्नुभाये,‘तपाईले जनताका पक्षमा काम गर्नुहोस् ।’ उपसभापति खड्काले पार्टी भित्रको कुन्ठाका कारणले केही ठाउँमा पराजित भएको उहाँको भनाइ छ । ‘हामी देशभरका चार सयभन्दा बढी स्थानीय तहमा जित्ने थियौं ।’ उहाँले भन्नुभयो, ‘तर, केही साथीको कुन्ठाका कारणले हलो र सूर्यमा मत दिएर हार्नुपर्‍यो । उहाँहरूले पार्टीको निर्णय कार्यान्वयन गर्नुभएन ।’

पार्टीको कुनै पनि व्यक्ति, पार्टी, संस्था बिमति भए पनि पार्टीमा बसेर छलफल गर्ने बानी बसाल्न आवश्यक रहेको उहाँले बताउनु भयो। ‘हामी अरुका गल्ती मात्र देख्छौं ।’ उहाँले भन्नुभयो,‘व्यक्तिगत विवाद समीक्षा गर्न आवश्यक छ ।’

‘सभापति देउवासँग केही व्यक्तिको विवाद होला । मसँग पनि केही व्यक्तिको विवाद होला ।’ उहाँले भन्नुभयो, ‘तर, पार्टीमा जीवन लगानी गरेका साथीहरूले अरुलाई मतदान गर्नु भए नी ?’

उपसभापति खड्का उपस्थित कार्यक्रममा संस्थापन इतर कांग्रेसले बहिष्कार गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?