नेपालको अर्थतन्त्र यो पुस्ताकै जटिल अवस्थामा छ : शेखर गोल्छा

Read Time = 2 mins

-प्रकाश मैनाली
सर्लाही । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष शेखर गोल्छाले अहिले नेपालको अर्थतन्त्र यो पुस्ताको जटिल मोडमा पुगेको बताउनु भएको छ ।

कोभिड १९ र त्यस पछि रुस र युक्रेन बीचको द्धन्द्धले गर्दा नेपालसँगै धेरै देसको अर्थतन्त्रमा धक्का पुगेको अध्यक्ष गोल्छाको भनाइ थियो । कोरोना नेपालमा प्रवेश गर्नु भन्दा पहिले उकालो लागेको अर्थतन्त्र अहिले ओरालो लाग्न थालेको बताउँदै उहाँले यो अहिलेको पुस्ताकै सबैभन्दा जटिल अवस्था हुन सक्ने बताउनु भयो ।

उद्योग वाणिज्य संघ लालवन्दीको आज ८औँ साधारण सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष गोल्छाले यस्तो बताउनु भएको हो । अहिलेको जटिल अवस्थाबाट बच्न नेपालले अब पर्यटन व्यवसायका लगानी बढाउनु पर्ने र नेपालले निर्यातको तर्फ जाने गरी आफनो उत्पादन बढाउनु पर्ने उहाँको भनाइ छ । पछिलो समय नेपालले विद्युत निर्यात गर्न थालेको बताउँदउ यसैगरी सिमेन्ट निर्यात गर्न सक्ने अवथामा रहेकाले यस तर्फसमेत राज्य र व्यवसायी दुबै लाग्नुपर्नेे उहाँको भनाइ छ ।

साधरण सभाकै अवसर पारेर नेपाल उद्योग वाणिज्य संघका लालवन्दीको भवन उद्घाटन समेत गरिएको थियाे भने आजको कार्यक्रममा भवन निर्माण गर्न सहयोग पुर्याउने विभिन्न व्यक्ति तथा संघसंस्थालाई समेत सम्मान गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?