हलेसी मन्दिरको भेटी ३/३ दिनमा गणना गरिने

Read Time = 4 mins

-चिसाङ शेर्पा
खोटाङ । खोटाङको हलेसी मन्दिरमा दर्शालुले चढाएको भेटीघाटी ३/३ दिनमा गणना गरिने भएको छ ।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा अवस्थित हलेसी मन्दिरको भेटीलाई थप व्यवस्थित र पारदर्शी बनाउन ३र३ दिनमा गणना गरेर सार्वजनिक गरिने भएको हो ।

शनिबार हलेसी मन्दिर व्यवस्थापन समितिको भवनमा हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राई, उपमेयर रमेशकुमार राउत, महादेवस्थानका वडाध्यक्ष कमल गिरी, मन्दिर व्यवस्थापन समितिका प्रतिनिधि र हलेसी विकास समितिका प्रतिनिधिको उपस्थितिमा भएको वैठकले जेठ, असार, साउन, भदौमा हप्तामा १ पटक र अन्य महिनाहरुमा ३र३ दिनमा भेटी गणना गर्ने निर्णय गरेको जनाईएको छ ।

यसअघि भक्तालु तथा दर्शनार्थीले मन्दिरमा चढाएको नेपाली रुपैयाँ, भारु, अमेरिकी डलर, सुन, चाँदी, गहनालाई १८/२० दिनमा गनेर सार्वजनिक गर्ने र माछापुच्छ्रे बैंक हलेसी शाखामा रहेको ‘हलेसी मन्दिर व्यवस्थापन समिति’को खातामा जम्मा गर्ने गरिएको थियो । तर, त्यसलाई पनि अझै व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले आठ महिनामा ३/३ दिन र चार महिना हप्ता दिनमा १ पटक भेटी गणना गरेर सार्वजनिक गर्ने निर्णय गराईएको मेयर राईले बताउनुभयो ।

भेटीघाटीलाई दुरुपयोग हुन नदिन नगरपालिकाले जडान गरेको १४ वटा सीसी क्यामेरालाई २४ सैं घण्टा चालू राख्न, थप चार वटा सीसी क्यामेरा जडान गर्न र बिहानैबाट हलेसी सूचना केन्द्रको कार्यालय खोल्न मेयर राईले सम्बन्धित पक्षहरुलाई निर्देशन दिनुभएको छ ।

यसअघि जडान गरिएको सीसी क्यामेरामध्ये २ वटामा समस्या आएकाले मर्मतको भईरहेको र थप चार वटा सीसी क्यामेरा जडानको काम भईरहेको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिनुभयाे ।

मुलुकमा संघीय संरचना लागू भएपछि स्थानीय सरकार कार्यान्वयन भएसँगै हलेसी तुवाचुङ नगरपालिकाले हलेसी सूचना केन्द्र स्थापना गरी कर्मचारी राखेर संकलन भएको भेटीघाटी समय–समयमा सार्वजनिक गर्दै आएको छ ।

संकलन भएको भेटी गणनाका लागि सीसी क्यामेराको निगरानीमा सूचना केन्द्र, हलेसी विकास समिति, प्रहरी र मन्दिर व्यवस्थापन समितिका एकरएक जना प्रतिनिधि राखिने गरेको मेयर राईले बताउनुभयो । भेटी गनेर सकिएपछि तत्काल बैंकमा जम्मा गरिने र मन्दिर व्यवस्थापन लगायतमा काम गर्ने कर्मचारीहरुलाई बैकिङ प्रणालीबाट तलब दिने व्यवस्था मिलाईएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?