म ९० प्रतिशत सफल भएँ : प्रेम आले

Read Time = 2 mins

काठमाडौं । मन्त्री पदबाट राजीनामा दिनुभएका पर्यटनमन्त्री प्रेम आलेले आफू ९० प्रतिशत सफल भएको दाबी गर्नुभएको छ । मन्त्री पदमा ९ महिना रहेको आफूलाई पत्तो समेत नभएको उहाँले बताउनु भएको छ ।

प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गर्नुअघि आइतबार पत्रकार सम्मेलन गर्नुभएकाे आलेले आफू सफल भएको दाबी गर्नुभएकाे हाे ।

आफूले प्रक्रियामा भन्दा परिणामलाई प्राथमिकतामा राखेको बताउँदै उहाँले यदि कसैले आफ्नो कामबाट कति सन्तुष्ट हुनुभयो भनेर सोधेमा आफ्नो उत्तर हुन्छ–९० प्रतिशत सफल भएको छु भन्ने हुने र बाँकी जनताले नै मूल्यांकन गर्ने उहाँले भनाइ थियो ।

आफूले एक्सन मन्त्रीको उपमा समेत पाएको उहाँको भनाइ थियो । मन्त्री बनेर काम गर्न दिइएकोमा आलेले पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई धन्यवाद समेत दिनु भयो ।

नेकपा एकीकृत समाजवादीले मन्त्री आलेसहित चारमन्त्रीलाई फिर्ता बोलाएको छ भने नयाँ टिम पठाएको छ ।

गत जेठ २२ मा पुराना मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरे पनि कार्यान्वयनमा आउन सकेको थिएन।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?