पत्रकार सम्मेलनमै मन्त्री झाँक्री धुरुधुरु रुन थालेपछि कर्मचारीले पढेर सुनाए कार्यकालको उपलब्धि (भिडियाेसहित)

Read Time = 2 mins

काठमाडौं । मन्त्रीबाट राजीनामा दिने घोषणा गर्न आयोजना गरिएको कार्यक्रममा रामकुमारी झाँक्री भावुक बन्नुभएको छ । शहरी विकास मन्त्रीबाट राजीनामा दिन आयोजना गरिएको कार्यक्रममा मन्त्री झाँक्री धुरुधुरु रुनुभएकाे थियो । कार्यक्रममा भावुक हुँदै आँशु झार्न थालेपछि बोल्ने कार्यक्रम पछि सारिएको थियो ।

उहाँले मन्त्रालयलमा बिताएको समयमा प्राप्त उपलब्धिलाई कर्मचारीले प्रस्तुत गरेका थिए । भावुक हुनुभएकाे मन्त्री झाँक्रीले आफूलाई गाह्रो भएको बताउँदै बोल्ने कार्यक्रम पछाडि धकेलेपछि मन्त्रालयले बिदाइको चिनो दिने कार्यक्रम गरेको छ ।

आजै एकीकृत समाजवादीका अर्का मन्त्री प्रेम आलेले पनि पत्रकार सम्मेलन गर्दै राजीनामा घोषणा गर्नुभएको छ ।

एकीकृत समाजवादीको सचिवालय बैठकले पार्टीबाट सरकारमा पठाइएका मन्त्री परिवर्तन गर्ने निर्णय गरेको थियो । तर मन्त्रीहरु बिदा हुन नमान्दा उक्त पार्टीमा बिबाद भएको थियो ।

https://youtu.be/a-1fxtAjeQ8

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?