पाँचथरमा कार दुर्घटना : एक जनाको घटनास्थलमै मृत्यु, एक घाइते

Read Time = 1 min

-जितेन्द्र भण्डारी

पाँचथर । पाँचथरमा आइतबार दिउसो कार दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा कार चालक झापा जलथल–५ बस्ने वर्ष ४५को प्रकाश बुढाथोकी रहेका छन् ।

उनको घटनास्थलमै मृत्यु भएको पाँचथर प्रहरी प्रमुख राकेश थापाले बताउनुभयो । दुर्घटनामा परेर एक जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

मेचीराजमार्ग अन्र्तगत फाल्गुनन्द गाँउपालिका वडा नं ३ पाङग्रेभीरमा झापाबाट फिदिमतर्फ आउदै गरेको मे १ ज २७८४ नं.को कार आफै अनियन्त्रित भई सडकबाट ७०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा पाँचथर फालेलुङ २ खुँगा बस्ने बर्ष ३५को भिष्म केरुङ रहेको प्रहरीले बताएको छ । केरुङलाई उपचारको लागि झापा पठाइएको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?