गुणस्तरहीन सामाग्री प्रयोग भएको देखिएपछि रिफ्रेस सेन्टर निर्माणमा रोक

हिमालय टाइम्स
Read Time = 3 mins

-प्रकाश न्यौपाने

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको वडा नम्बर ४ मा निर्माण भइरहेको रिफ्रेस सेन्टरमा गुणस्तरहीन सामाग्री प्रयोग भएको पाइएपछि बर्दघाट नगरपालिकाले निर्माण कार्यमा रोक लगाएको छ ।

बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठको नेतृत्वमा रहेको टोलीले अनुगमनका क्रममा गुणस्तरहीन निर्माण सामाग्रीको प्रयोग भएको पाइएको हो । प्रदेश सरकारको बजेटमा निर्माण भइरहेको रिफ्रेस सेन्टरमा कमसल ईट्टा प्रयोग भएको र मापदण्ड विपरित निर्माण भएको स्थानीयको गुनासो पछि नगर प्रमुख शम्भुलाल श्रेष्ठ ,उप प्रमुख तथा अनुगमन समिति संयोजक रुद्र प्रकाश उपाध्याय सहितको टोलीले अनुगमन गरेको हो ।

अनुगमनको क्रममा गुणस्तरहीन निर्माण सामाग्रीको काम भइरहेको पाइएकाले कामदारहरूलाई काम रोक्न नगर प्रमुख र उपप्रमुख दुबैले निर्देशन दिनुभएको छ ।

रिफ्रेस सेन्टर निर्माणमा गुणस्तरहीन सामाग्रीको प्रयोग भएको पाएपछी नगरप्रमुख श्रेष्ठले निर्माण पक्ष (ठेकेदार)लाई फोन समेत गर्दै निर्माण कार्य रोक्न निर्देशन दिनुभयो । नगर प्रमुख श्रेष्ठका रिफ्रेस सेन्टर निर्माण प्रयोग भएका सामाग्री गुणस्तरहीन देखिएकोले हाललाई निर्माण कार्यमा रोक लगाइएको हो ।

अनुगमन पछि उपप्रमुख उपाध्यायले निर्माणको केहि भागमा पहिलो नम्बरको ईट्टा प्रयोग र केहि भागमा गुणस्तरहिन इट्टाको प्रयोग भएको पाइएको छ । निर्माण स्थलको अनुगमन गर्दा बाल चर्केको गुणस्तरहीन इट्टा निर्माण स्थलमा नै राखिएको देखिएकाले तत्कालका लागि निर्माण कार्यमा रोक लगाइएको बताउनु भयो । रिफ्रेस सेन्टर लुम्बिनी प्रदेश सरकारको १६ करोडको लागतमा बन्न लागेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?