रघुगंगा नदीमा आएको बाढीले स्काभेटर बगायो

हिमालय टाइम्स
Read Time = 1 min

-ध्रुवसागर शर्मा

म्याग्दी । म्याग्दीमा शनिबार रातीको भिषण वर्षासंग रघुगंगा नदीमा आएको बाढीले स्काभेटर बगाएको छ ।

बाढीले राहुघाट जलविद्युत आयोजनाको ड्याम साइडमा काम गरेर नदी किनारमा पार्किङ्ग गरि राखेको ठाउँमा कटान गरेर स्काभेटर बगाएको हो ।

४० मेगावाट क्षमताको राहुघाट जलविद्युतको बाँध रघुगंगा-४ मा निर्माणधिन अवस्थामा छ । मुक्तिनाथ बगैंचा निर्माण सेवाको ग १ क ५३३८ नम्बरको होन्डाई स्काभेटर नदीले बगाएर करिब २० मिटर तल पु¥याउँदा स्काभेटरको महत्वपूर्ण पाठपूर्जा र मेसिनमा ठूलो क्षति भएको कम्पनीका सञ्चालक श्यामनन्द शर्माले जानकारी दिनुभयो ।

पार्किङको लागि बनाइएको ठाउँमा लगाइएको ग्याविन जालीसँगै नदीको आएको बाढीले डोजर बगाएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?