अपन राधेमाई र घोडाघोडी सेमिफाइनलमा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । अपन राधेमाई युथ क्लब र घोडाघोडी क्रिकेट एकेडेमी, कैलाली यु-१६ नेक्सस कप टी-२० क्रिकेट सिजन ५ मा सेमिफाइनलमा प्रवेश गरेका छन् । बागमती खेलकुद विकास परिषद्को सहकार्यमा नेक्सस क्रिकेट एकेडेमीद्वारा आयोजित प्रतियोगितामा राधेमाईले नेक्सस क्रिकेट एकेडेमी ११ लाई ९ विकेटले पराजित गर्‍यो । नेक्सस ११ ले १९ ओभरमा झारिएको खेलमा पूरै ओभर खेल्दै ९ विकेटको क्षतिमा ८८ रन बनायो । नेक्सस ११ का पारस ऐरले ४ चौका र १ छक्काको सहयोगमा ५१ रन जोड्नुभयो ।

राधेमाईका ‘म्यान अफ द म्याच’ वसिम अली मन्सुरीले ३ तथा सल्मान अली मन्सुरी र अनिश साह कानुले २-२ विकेट लिनुभयो । जवाफमा राधेमाईले ११.१ ओभरमा मात्र १ विकेट गुमाउँदै जितका लागि आवश्यक ८९ रन जोड्यो । राधेमाईका राहुल हक अन्सारीले ३२ तथा चन्दन कुमारले २२ रन योगदान गर्नुभयो ।

घोडाघोडीले कालिकोट जिल्ला क्रिकेट संघलाई ७० रनले हरायो । घोडाघोडीले १९.४ ओभरमा १० विकेट गुमाएर १६४ रनको योगफल खडा ग¥यो । घोडाघोडीका ‘म्यान अफ द म्याच’ पारस उपाध्यायले ५-५ चौका र छक्काको मद्दतमा ७७ तथा विजय गुप्ताले २५ रन बनाउनुभयो । कालिकोटका सोचन ओली र म्याट्रिक्स थापाले क्रमशः ४ र ३ विकेट लिनुभयो ।

कालिकोट १८.४ ओभरमा सबै विकेट गुमाउँदै ९४ रनमा समेटियो । कालिकोटका विशाल रावलले ३३ स्कोर गर्नुभयो । घोडाघोडीका सन्तोष केसीले ३ विकेट लिनुभयो । सेमिफाइनलमा घोडाघोडीको भेट अपन राधेमाईसँग हुनेछ भने आयोजक नेक्सस क्रिकेट एकेडेमीले जिएचसिए, ललितपुरको सामना गर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?