घिसिङद्वारा पाँडेको स्वागत

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले अखिल नेपाल फुटबल संघ (एन्फा) का अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख नवीन पाँडेलाई स्वागत गर्दै सफल कार्यकालका लागि शुभकामना दिनुभएको छ ।

उहाँले पाँडेलाई खादा लगाउँदै त्रिपुरेश्वरस्थित सदस्य-सचिवको कार्यालयमा स्वागत गर्नुभएको हो । त्यसक्रममा घिसिङले भन्नुभयो, ‘देशकै सबैभन्दा लोकप्रिय खेलको संस्था एन्फाको एउटा महत्वपूर्ण अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखमा नियुक्त हुनुभएकोमा तपाईं (नवीन पाँडे) लाई हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्न चाहन्छु । स्वयंसेवकको भूमिकामा तपाईंको सहयोगमा एन्फाले अन्तर्राष्ट्रिय फुटबलमा नेपालको नाम फैलाउन सकोस्, अरू देश र व्यावसायिक क्लबहरूसँगको सम्बन्ध राम्रो होस् ।’

पाँडे जर्मन एनआरएन हुनुहुन्छ । सदस्य-सचिव घिसिङले नेपाल र जर्मनबीच संस्था र सरकारको तहमा खेलकुद विकासका लागि सम्बन्ध विस्तार गर्नका लागि पहल गर्न पनि आग्रह गर्नुभयो ।

अर्बपति अमेरिकी वारेन वफेटको कम्पनी टिटिआई युरोपमा निर्देशकसमेत रहनुभएका पाँडेले नेपाली फुटबल र खेलकुदको विकासका लागि सदैव पहल र सहयोग गर्न तयार रहेको तथा गरिरहेको बताउनुभयो । उहाँले चार वर्षअघि पनि छोटो समय एन्फामा अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखका रूपमा काम गरेपछि राजीनामा दिनुभएको थियो ।

'ए' डिभजन क्लब हिमालयन शेर्पामार्फत् नेपाली फुटबलमा फर्किनुभएका उहाँ कपनमा सञ्चालित काठमाडौं किकर्सका अध्यक्ष पनि हुनुहुन्छ । किकर्सले स्कटिस कोच ली मेन्सन (युइएफए बी लाइसेन्स) ल्याएर कपन स्पोर्ट्स सेन्टर, कपनमा फुटबल एकेडेमी सञ्चालन गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?