काठमाडौं । आयोजक न्यु डायमन्ड एकेडेमीले प्रथम चन्द्रागिरि न्यु डायमन्ड महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । परोपकार आदर्श माध्यमिक विद्यालयमाथि ३-० को सोझो सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।
चन्द्रागिरि नगरपालिकास्थित न्यु डायमन्ड एकेडेमीको भलिबल कोर्टमा शनिबार भएको फाइनलमा डायमन्डले २५-१५, २५-१२ र २१ को सोझो सेटमा जित निकाल्न सफल भयो । प्रतियोगितामा न्यु डायमन्ड अपराजित रहेर च्याम्पियन बन्न सफल भयो । न्यु डायमन्डले पहिलो र दोस्रो सेटमा सहज जित निकाल्न सफल भए पनि तेस्रो सेटमा चुनौतीको सामना गर्नुपरेको थियो ।
ज्ञानसुधा एकेडेमीले ब्राइट होराइजन चिल्ड्रेन होमलाई २५-१४, २५-१३ र २५-५ को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ । उपाधिसँगै न्यु डायमन्डले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको परोपकारले २५ हजार र तेस्रो भएको ज्ञानसुधा एकेडेमीले १५ हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
चौथो भएको ब्राइट होराइजनले १० हजार रुपैयाँ, शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ । न्यु डायमन्डकी प्रगतिनाथ सर्वाेत्कृष्ट खेलाडी चुनिनुभयो । उहाँले तीन हजार रुपैयाँसहित शिल्ड हात पार्नुभयो । न्यु डायमन्डकी सलिना बुढा मगर उत्कृष्ट स्पाइक, डायमन्डकै ननशा महरा ब्लकर, परोपकारकी रोशनी कार्की सेटर, परोपकारकै रुजिता दर्जी सर्भर, न्यु डायमन्डकी एन्जिला प्रधान लिवेरो र न्यु डायमन्डकै कुमार राई उत्कृष्ट प्रशिक्षक चुनिनुभयो । व्यक्तिगत विधाका सबै उत्कृष्टले समान एक हजार र शिल्ड हात पार्नुभएको छ ।
विजयी टोली तथा खेलाडीलाई चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी, उपमेयर वसन्ती श्रेष्ठ, चन्द्रागिरि नगरपालिकाका विभिन्न वडाका अध्यक्ष, न्यु डायमन्ड स्पोर्ट्स क्लबका अध्यक्ष सुनकेशरी मालीलगायतले पुरस्कृत गर्नुभयो । गत बुधबारदेखि राउन्ड रोविन लिगका आधारमा सुरु भएको प्रतियोगितामा चार विद्यालयको सहभागिता रहेको थियो ।
यु डायमन्ड स्पोर्ट्स क्लबको आयोजना तथा चन्द्रागिरि नगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा न्यु डायमन्डसहित परोपकार आदर्श मावि, ज्ञानसुधा एकेडेमी र ब्राइट होराइजन चिल्ड्रेन होम गरी चार टोलीको सहभागिता रहेको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका