निजगढ विमानस्थल निर्माणमा विशेष प्रस्ताव पास गर्न आग्रह

हिमालय टाइम्स
Read Time = 2 mins

बारा । निजगढ सार्वजनिक सरोकार समितिले रौतहटको विभिन्न पालिकाका प्रमुखलाई भेटेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि विशेष प्रस्ताव पास गर्न आग्रह गरेको छ ।

समितिका संयोजक एकबहादुर श्रेष्ठ नेतृत्वमा गएको टोलीले विमानस्थल निर्माणको लागि विशेष प्रस्ताव पारित गर्न कटहरिया, गुजरा, देवाही गोनाह, वृन्दावन, गढीमाई र मौलापुर नगरपालिकाका प्रमुख र उपपप्रमुखलाई भेटेर आग्रह गरेको हो ।

समितिले यसअघि बाराको कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साह, जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल, फेटा गाउँपालिका अध्यक्ष रुस्तम अन्सारी, विश्रामपुर गाउँपालिकाका अध्यक्ष जुल्फिकर अली भुट्टो, पर्सौनी गाउँपालिकाका अध्यक्ष विनोदप्रसाद जैसवाल र परवानीपुर गाउँपालिकाका अध्यक्ष राम क्षेत्री पटेललाई कार्यालयमा भेटेर आग्रहपत्र बुझाएको थियो ।

आग्रहपत्र बुझ्दै बारा विश्रामपुर गाउँपालिकाका अध्यक्ष जुल्फिकर अली भुट्टोले विमानस्थल निर्माण नगर्ने भनेर अदालतले गरेको फैसला खारेज हुनुपर्ने र निजगढमा विमानस्थल निर्माण हुनुपर्ने बताउनुभयो । यसैगरी, बाराकै पर्सौनी गाउँपालिकाका अध्यक्ष विनोदप्रसाद जैसवालले अदालतको निर्णय पुनरावलोकन गरिनुपर्ने बताउनुभयो ।

आग्रह पत्र बुझाउने टोलीमा समितिका सदस्य विनोद भारती, टेकबहादुर भण्डारी, गोकुल घोरसाइने, इन्दीप कोइराला, सुरेन्द्र जैसवाल, दीपक सापकोटा र निर्मल खडका लगायतको सहभागिता थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?