मदन भण्डारी राष्ट्रिय पुरस्कार घोषणा

Read Time = 3 mins

काठमाडौं । मदन भण्डारी फाउण्डेशनले हरेक वर्ष प्रदान गर्दै आएको मदन भण्डारी राष्ट्रिय पुरस्कार घोषणा गरेको छ । फाउण्डेशनले मदन भण्डारी राष्ट्रिय पुरस्कार यस वर्ष धरानका कृष्ण राई र मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार प्रेरणा माध्यमिक विद्यालय ललितपुरले पाउने जनाएको छ । दुवै पुरस्कारको राशि एक/एक लाख रुपैयाँ छ ।

सोताङ अर्गानिक फार्म प्रालि सञ्चालनमार्फत राईले अर्गानिक खेती र समग्र उत्पादन, प्रोसेसिङ र बजारीकरणमा पु¥याउनुभएको योगदानस्वरूप उहाँलाई यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार प्रदान गर्न लागिएको फाउण्डेशनले आइतबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

यस्तै एक लाख रुपैयाँको राशि रहेको सो पुरस्कार ७१औं मदन जयन्तीका अवसरमा यही असार १४ गते राष्ट्रिय सभामा आयोजना हुने विशेष कार्यक्रममा प्रदान गरिने जनाइएको छ ।

प्रेरणा माध्यमिक विद्यालय ललितपुरले उमेर र विपन्नताका कारण शिक्षाको पहुँचबाट टाढा हुन पुगेका किशोरी र महिलालाई विद्यालय शिक्षाको पहुँचमा पु¥याउने अभियानको नेतृत्व गरेको भन्दै यस वर्षको मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार प्रदान गर्न लागिएको फाउण्डेशनले जनाएको छ ।

फाउण्डेशनले प्रत्येक वर्ष प्रदान गर्ने राष्ट्रिय पुरस्कार यसअघि हास्य कलाकार मह जोडी, शहीद पार्क हेटौँडा, मुटुरोग विशेषज्ञ डा.भगवान कोइराला र सामाजिक अभियानकर्मी महावीर पुन, धुर्मुस सुन्तली फाउण्डेशन, प्राडा सुवोध शर्मा, स्टाफ नर्स सुनिता सहकारी र एम्बुलेन्स चालक बोमबहादुर गुरुङलाई प्रदान गरिएको छ ।

  • रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?