बोगाटा । मध्य कोलम्बियामा बुलफाइटका क्रममा एउटा स्ट्यान्ड भत्किँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन् ।
मृत्यु हुनेमा दुई महिला, एक पुरुष र एक बालक छन् । उक्त घटना कम्तीमा ३० जना गम्भीर घाइते भएका छन् ।
भिडियो फुटेजमा एल एस्पिनल रंगशालामा दर्शकहरूले भरिएको तीन तले काठको स्ट्यान्ड खसेको देखिन्छ ।
परम्परागत ‘कोरलेजा’ कार्यक्रममा सर्वसाधारणको आकर्षण बढ्दो छ । राष्ट्रपतिमा निर्वाचित गुस्ताभो पेट्रोले स्थानीय अधिकारीहरूलाई त्यस्ता कार्यक्रमहरूमा प्रतिबन्ध लगाउन आग्रह गरे ।
‘मानिसहरू वा जनावरहरूको मृत्यु हुने घटनाहरूलाई अनुमति नदिन म मेयरहरूलाई आग्रह गर्दछु’, उक्त घटनापछि उनले भने । यस्तो दुर्घटना पहिलो पटक नभएको पनि उनले बताए । एजेन्सी
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका