कर्णाली प्रदेश चलचित्र कार्यशालाको तयारी पूरा

Read Time = 2 mins

सुर्खेत । केबी फिल्म्स प्रालिको आयोजनामा यही १४ असारदेखि १९ असारसम्म कर्णाली प्रदेशको वीरेन्द्रनगर सुर्खेतमा ‘कर्णाली चलचित्र कार्यशाला २०७९’ आयोजना गरिने भएको छ । कर्णाली प्रदेशमा यती बृहत् कार्यशाला यो नै पहिलो हो ।

आयोजक संस्थाका अध्यक्ष भुपेन्द्रकुमार खड्काका अनुसार कार्यशालाको सम्पूर्ण तयारी पुरा भएको छ । यसपटक कार्यर्शालामा वरिष्ठ चलचित्र निर्देशक एवं अभिनेता नीर शाहको विशेष कक्षा हुनेभएको छ । यस्तै चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष एवं अग्रज चलचित्र निर्देशक दयाराम दाहालले पनि कार्यशालामा विशेष कक्षा लिने भएको छन् ।

दूर सञ्चार प्राधिकरणको सहआयोजना तथा चलचित्र विकास बोर्ड, नेपाल टेलिकम, कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय, वीरेन्द्रनगर नगरपालिका सुर्खेत, उधोग वाणिज्य संघ सुर्खेतको सहकार्यमा यो कार्यशाला सम्पन्न हुने पनि खड्काले बताउनुभयो ।

चलचित्रको कार्यशालामा चलचित्र निर्देशक गीतकार एवं पत्रकार डब्बु क्षत्रीले चलचित्र लेखन निर्देशन, छायांकार विष्ण कल्पितले छायांकन, अभिनेता भोलाराज सापकोटाले अभिनय, सम्पादक प्रितम पाण्डेले सम्पादन, लेखक शिवम अधिकारीले लेखनसम्बन्धी कक्षा लिने पनि खड्काले बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?