काठमाडौं । पुँजी बजार लगानीकर्ताको आन्दोलन अन्त्यसँगै सेयर बजार उकालो लागेको छ । आइतबार नेप्से झण्डै ९५ अंकले बढेको छ भने कारोबार रकमसमेत दुई अर्ब माथि पुगेको छ ।
नेपाल धितोपत्र बोर्डले पुँजी बजार लगानीकर्ताका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएसँगै असार १ गतेदेखि आमरण अनशनमा रहनुभएका संघर्ष समितिका संयोजक तिलक कोइरालाले १०औँ दिनमा आमरण अनशन तोड्नुभएको थियो ।
आइतबार नेप्से ९४.९२ अंकले बढेर १९५६.९८ अंकमा पुगेको छ भने दुई सय ३० कम्पनीका दुई अर्ब १९ करोडभन्दा बढीको सेयर कारोबार भएको छ । यस दिन बजारमा २१ कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ भने थप ३१ कम्पनीको नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका