काठमाडौं । भारतका प्रसिद्ध व्यवहार वैज्ञानिक प्रोफेसर अफ एमिनेन्स डा. सञ्जीव पी साहनीले व्यवहारजन्य दक्षता र कार्यसम्पादन अभिवृद्धि गरेर विद्यार्थीको सम्भावित क्षमतालाई अधिकतम् बनाउन सकिने बताउनुभएको छ । आइतबार काठमाडौं मा आयोजित कार्यक्रममा उहाँले कम्पिटेन्सी म्यापिङ प्रविधिमार्फत् विद्यार्थीबीच विभिन्न सामाजिक, भावनात्मक र संज्ञानात्मक क्षमता अभिवृद्धि गर्नेबारे विस्तृतरूपमा चर्चा गर्नुभयो । त्यस्तै विद्यार्थीको शैक्षिक प्रदर्शन, भावनात्मक सन्तुष्टि र करियर सफलतालाई कसरी उनीहरूको व्यवहारसम्बन्धी स्टिमुलाइले प्रभाव पार्छ भन्नेबारेमा पनि चर्चा गर्नुभएको थियो ।
विद्यार्थीको सापेक्षिक सबल पक्ष र कमजोरी बुझ्नु र सोही आधारमा उनीहरूले विकास गर्न मुख्य दक्षता पहिचान गर्नु अति आवश्यक रहेको उहाँको भनाइ थियो । सबै विद्यार्थीको टिमवर्क, नेतृत्व क्षमता र निर्णय लिने क्षमताजस्ता क्षेत्रमा उनीहरूको कौशलता पहिचान गर्ने र सोही आधारमा सुधारात्मक संयन्त्र निर्माण गर्ने कुरासँग सम्बन्धित रहेको साहनीले बताउनुभयो ।
हालै वल्र्ड सोसाइटी अफ भिक्टिमोलजीको उपाध्यक्षमा पनि चुनिनुभएका साहनीले विद्यार्थीको शैक्षिक तथा सामाजिक कार्यसम्पादनमा सुधार गर्न श्रव्यदृश्य इन्फोटेनमेन्ट, सबलिमिनल ट्रेनिङ, ध्यान, स्पिड रिडिङ र मेमोरी गेमजस्ता उपाय प्रयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । साहनीले ५० भन्दा बढी देशका दुई लाखभन्दा बढी विद्यार्थी, विद्यालयका प्रधानाध्यापक, शिक्षक, उच्च सरकारी अधिकारी, उद्योग व्यवसायीलाई योग्यता नक्सा, व्यावसायिक सञ्चार, निर्णय लिने क्षमता, तनाव व्यवस्थापन, कार्यसम्पादन अभिवृद्धि, भावनात्मक बुद्धिमता र शिक्षण अभ्याससम्बन्धी तालिम दिनुभएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका