विद्यार्थीलाई युनाइटेड सिमेन्टको स्कुल ड्रेस

Read Time = 1 min

काठमाडौं । युनाइटेड सिमेन्ट्सले महादेवखोला लेलेका सरकारी तथा निजी विद्यालयमा अध्ययनरत ७३ विद्यार्थीलाई स्कुल ड्रेस वितरण गरेको छ ।

महादेव युवा क्लबका अध्यक्ष अर्जुन लामाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा युनाइटेड सिमेन्ट्सका खानी प्रबन्धक हरिकुमार उप्रेतीले स्कुल ड्रेस वितरण गर्नुभएको हो । कार्यक्रममा एसएम रोडा ढुंगाको पनि योगदान रहेको थियो ।

युनाइटेड सिमेन्ट्सले विगतदेखि नै स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा विभिन्न सामाजिक कार्यक्रम गर्दै आएको छ । उद्योगले ४३ ग्रेड तथा ५३ ग्रेडको गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आएको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?