ग्लोबलद्वारा निःशुल्क महिला स्वास्थ्य शिविर

Read Time = 3 mins

काठमाडौं । ग्लोबल आइएमई बैंकले ग्लोबल आइएमई स्वस्थ नारी पहल अभियानअन्तर्गत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न छ स्थानमा निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना गरेको छ । बैंकले पश्चिम रुकुमको मुसीकोट नगरपालिका-७ स्थित साँख स्वास्थ्यचौकी, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१६ स्थित सानीलेख स्वास्थ्यचौकी, बैतडीको पञ्चेश्वर गाउँपालिका-५ स्थित गिरेगाडा स्वास्थ्यचौकी, डोटीको पूर्वीचौकी गाउँपालिकास्थित सानागाउँ स्वास्थ्यचौकी, दार्चुलाको महाकाली नगरपालिका-७ स्थित धाप स्वास्थ्यचौकी र दैलेखको नारायण नगरपालिका-५ स्थित त्रिवेणी स्वास्थ्यचौकीमा स्वास्थ्य शिविर आयोजना गरेको हो । शिविरमा स्त्रीरोग विशेषज्ञहरूले सात सय ५७ जना महिलालाई उपचार सेवा प्रदान गरेको बैंकले जनाएको छ ।

नेपाल परिवार नियोजन संघको प्राविधिक सहयोग तथा सम्बन्धित गाउँपालिका/नगरपालिकाको समन्वयमा आयोजित शिविरमा महिलाको स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सरको परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार तथा निःशुल्क औषधि वितरण गरिएको बैंकले जनाएको छ ।

शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका एकजना बिरामी र पाठेघरको क्यान्सरको गम्भीर अवस्था भएका छजना बिरामी पहिचान गरिएको र उनीहरूलाई स्वस्थ नारी पहल अभियान कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिने बैंकले जनाएको छ । यसअघि बैंकले १५औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा सातवटा शिविर सञ्चालन गरेको थियो । बैंकले चालु आवमा देशभर १४ शिविर सञ्चालन गरेकोमा एक हजार छ सय ६० महिला लाभान्वित भएको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?