-युवराज पौडेल
स्याङ्जा । गण्डकी प्रदेश नेपाली कांग्रेसका सभापति शुक्रराज शर्माले पाल्पाको रामपुर र स्याङ्जाको चापाकोटलाई समेटेर पावन हरिहर क्षेत्र बनाउन सकिने धारणा व्यक्त गर्नुभएको छ ।
कालीगण्डकी वाङ्मय प्रतिष्ठानले स्याङ्जाको चापाकोटमा आयोजना गरेको ‘कालीगण्डकी सम्पदा संरक्षण’ विषयक गोष्ठीमा बोल्दै प्रदेश सभापति शर्माले यी क्षेत्रलाई धार्मिक आध्यात्मिक स्मार्ट सिटी बनाउन सकिने धारणा व्यक्त गर्नुभएको हो । उहाँले हिन्दूहरूको पवित्र आस्थाको केन्द्र कालीगण्डकी र सालिग्रामको महत्व उच्च रहेको बताउँदै यिनको विश्वव्यापी प्रचार गर्न सके यसबाट लाखौं पर्यटक भित्र्याएर मुलुकले फाइदा लिन सक्ने धारणा व्यक्त गर्नुभयो ।
गण्डकी प्रदेश नेपाली कांग्रेस संसदीय दलका सचेतक तथा सांसद भागवत् प्रकाश मल्लले कालीगण्डकी सभ्यताबाट चापाकोटमात्र नभएर सिंगो देश नै गौरवान्वित भएको बताउनुभयो । सांसद मल्लले कालीगण्डकीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया अघि बढाइएको बताउँदै कालीगण्डकी सभ्यताको संरक्षण आफूहरूको मुख्य चासो र सरोकारको विषय भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कालीगण्डकी सभ्यताले हामीलाई विश्वमा चिनाएको छ । यहाँका अमूल्य सम्पदाको संरक्षण र विकासमा गण्डकी प्रदेश सांसदको हैसियतले दिलो ज्यानले लागेको छु ।’
कार्यक्रममा बोल्दै गण्डकी प्रदेश नेपाली कांग्र्रेसकी उपसभापति कल्पना तिवारीले कालीगण्डकीको धार्मिक महत्वलाई विश्वभर फैलाउनुपर्ने धारणा राख्नुभयो । त्यस्तै कार्यक्रममा गण्डकी प्रदेश नेपाली का्रंग्रेसका महामन्त्री किरणबाबु श्रेष्ठ, चापाकोट नगरपालिकाका मेयर देवबहादुर खाँड ईश्वर, नेपाली कांग्रेस नगर सभापति विक्रम सारु लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा प्राडा. कुसुमाकर न्यौपाने र डा. कुलराज चालिसेले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । गण्डकी वाङ्मय प्रतिष्ठानका अध्यक्ष प्राडा. बासुदेव भण्डारीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा गण्डकी वाङ्मय’ कृतिको विमोचन गरिएको थियो । कार्यक्रममा साहित्यकार, लेखक, प्राध्यापक, पत्रकार, राजनैतिक दलका प्रतिनिधि लगायतको उपस्थिति थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका