एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक बस्दै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद् बैठक आज (सोमबार)देखि सुरु हुँदैछ ।

मंगलबारसम्म चल्ने बैठकमा सांगठानिक गतिविधि, पालिका चुनावको समीक्षा, आउँदो चुनावको तयारी र केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत भएका केही प्रतिवेदनमा छलफल गर्ने कार्यसूची छ ।

यस्तै बैठकमा पार्टी महासचिव बेदुराम भुसालको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्ने तयारी छ ।

परिषद् बैठकमा करिब एक हजार पाँच सय जना सहभागी हुने एकीकृत समाजवादीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?