आफ्नै घर बिर्सिन्छिन् वलिउड नायीका दीपिका पादुकोण

Read Time = 2 mins

काठमाण्डौं । निर्देशक फराह खानको फिल्म ‘ओम शान्ति ओम’बाट बलिउडमा पाइला चालेकी अभिनेत्री दीपिका पादुकोणको सुन्दरता र अभिनयबाट जो कोही प्रभावित छन् । मोडलिङबाट अभिनयमा आफ्नो करियर बनाएकी दीपिकाको हातमा अहिले धेरै फिल्मका अफर छन् ।

दीपिकाको हातमा यति ठूला प्रोजेक्ट छन् कि उनलाई आफू ‘पछिल्लोपटक घर कहिले गएँ’ भन्नेसम्म सम्झना छैन । फिल्मको काममा दीपिका भारतभर घुमिरहन्छिन् । जसकारण उनलाई आफ्नो घर पुग्ने समयसमेत छैन ।

पछिल्लोपटक उनी कामको सिलसिलामा मनाली, राजस्थान, दुबई र गोवामा निकैपटक पुगिन् । आफूले जिम्मेवारी लिएको कामलाई जसरी भए पनि पूरा गर्ने सोचले दीपिका घरसमेत बिर्सन्छिन् ।

एकपटक उनलाई यस्तै आपत आइलाग्यो । दीपिकालाई लामो समयसम्म घरमा नदेखेपछि उनको घरेलु कामदारले फोन गरेर उनको हालखबर सोध्नु परेको थियो । उनले दीपिकालाई फोन गरेर ‘दिदी तपाईं कहाँ हुनुहुन्छ । कति समय भयो तपाईंको अनुहारसम्म हेर्न पाइएको छैन । तपाईं कहिले आउँदै हुनुहन्छ । म तपाईंको घरमा बस्न सक्छु ?’ भनेर सोधेका थिए ।

दीपिकाले पनि उनलाई ‘तपाईं अवश्य नै त्यो घरमा बस्न सक्नुहुन्छ । मैले यति मेहनत गरेर घर किनेकी छु । कसैले त त्यसलाई प्रयोग गर्नु पर्‍यो नि ’ भन्दै जवाफ फर्काएकी थिइन् । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?