काठमाडौं । बारा प्रहरीले भन्सार छली गरी ल्याएको एक हजार २०० लिटर पाम तेल बरामद गरेको छ । तेल ल्याउन प्रयोग गरिएको दुई पिकअपसहित चार जनालाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका-१५ का २६ वर्षीय मैरुद्दीन अन्सारी, उनका भाइ २० वर्षीय मैरुद्दीन अन्सारी, कलैया-१७ सुराहीका २१ वर्षीय मुन्ना अन्सारी र बारा, परवानीपुर-१ का २२ वर्षीय सञ्जय महतो छन् ।
उनीहरुले भारतीय सीमावर्ती बजारबाट पाम तेल भित्र्याएका हुन् । तेलसहित ना २ च ५२३२ र ना ५ च ६१६ नम्बरको पिकअप भ्यान नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ ।
करिब ३ लाखको पाम तेल र किराना समान प्रहरीले बरामद गरेको हो । बारा प्रहरीले भ्यान, बरामद समान तथा चार जनालाई आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार पठाउने तयारी गरेको बारा प्रहरीका प्रवक्ता डिएसपी राजेश दत्तले जानकारी दिनुभयो । नेपालमा भन्दा भारतमा पाम तेल सस्तो भएपछि तस्करी सुरु भएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका