नवनियुक्त ४ मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

काठमाडौं । एकीकृत समाजवादीबाट नवनियुक्त हुनुभएका मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई शपथ खुवाउनुभएको हो ।

एकीकृत समाजवादीबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, सहरी विकास मन्त्री मेटमणि चौधरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर, स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङ र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीरा केसी बन्नुभएको छ । शपथपछि मन्त्रीहरुले आजै कार्यभार सम्हाल्दै हुनुहुन्छ ।

यसअघिका पर्यटनमन्त्री प्रेम आले, सहरी विकास मन्त्री रामकुमारी झाँक्री, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ (किसान)लाई फिर्ता बोलाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?