काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को प्रथम केन्द्रीय परिषद् बैठक जारी छ ।
बैठक सुरु भएको केही घण्टासम्म पनि निवर्तमान मन्त्रीहरु बैठकमा देखिएनु भएकाे छैन । पार्टीले मन्त्री फिर्ता बोलाउने निर्णय गरेपछि उहाँहरुले असन्तुष्टी पोख्तै आउनु भएको थियो ।
निवर्तमान शहरी विकास मन्त्री रामकुमारी झाँक्री भने केहीबेर अघि मात्र बैठकमा पुग्नुभएको छ । उहाँ पार्टीको सचिव समेत हुनुहुन्छ ।
झाँक्री पनि पार्टीले सरकारमा रहेका मन्त्री फिर्ता बोलाउने निर्णयप्रति असन्तुष्ट हुनुहुन्थ्यो । आइतबार मन्त्रालयबाट बाहिरिने क्रममा आयोजित पत्रकार सम्मेलनमा रुनुसम्म भएको थियो । त्यसको चौतर्फि टिका टिप्पणी भइरहेको छ।
सरकारबाट पार्टीले फिर्ता बोलाएका निवर्तमान मन्त्रीहरु विरोध खतिवडा, प्रेम आले र कृष्णकुमार श्रेष्ठ बैठकमा जानुभएको छैन।
समाजवादी यस बैठकमा पार्टीको देशभर भएका साङ्गठानिक गतिविधि, स्थानीय तहको चुनावको समीक्षा, आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनाव लक्षित कार्यक्रम, हालै सम्पन्न केन्द्रिय कमिटीको बैठकमा प्रस्तुत भएका केही प्रतिवेदनमा छलफल गरिने बताइएको छ ।
त्यसैगरी पार्टीका महासचिव डा बेदुराम भुसालको राजनीतिक प्रतिवेदनमा विशेष छलफल गरिने कार्यक्रम छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका