पर्यटकको पर्खाइमा जुम्ली होटल व्यवसायी

Read Time = 4 mins

-विजय रावत
जुम्ला । आन्तरिक पर्यटनको प्रमुख गन्तव्य मध्ये मुगुस्थित राराताल पनि एक हो । यही रारा ताल पुगेर जुम्ला सदरमुकाम खलङ्गा आउने आन्तरि तथा बाह्य पर्यटनलाइ यदी बेला जुम्लीका अर्गानिक होटल पर्यटनको पर्खाइमा रहेकाछन् । यो सयममा पर्यटक नआउँदा यहाँका होटल व्यवसाय संकटमा परेका छन् । कोरोना महामारीअघि रारा आएका अधिकांश पर्यटक जुम्ला आउँथे । पर्यटक बढ्दै गएपछि व्यवसायीहरूले होटलहरूमा लगानीसमेत बढाए । तर अहिले अधिकांश होटलहरू रित्तै छन् । त्यसो त हिउँदका ३ महिना जुम्लामा पर्यटन आवागमन ठप्प हुन्छ । अत्याधिक हिमपात हुने भएकाले उक्त सिजनमा पर्यटकहरू नै आउँदैनन् ।

क्षेत्रीय होटल संघ जुम्लाका अध्यक्ष दिलबहादुर महतले हिउँदमा बन्द नै गर्नुपर्ने होटलहरू अहिले पनि पाहुना नआउँदा रित्तो बनेको बताउनुभयो । उहाँका अनुसार अहिले ठूला लगानीका होटलहरूमा ५ वटा कोठा भरिन पनि मुस्किल छ । सिजनकै बेला पर्यटक आउँदैनन उनले भने, ‘कुनै महिनामा त खर्चसमेत उठाउन मुस्किल हुन्छ ।’ उहाँका अनुसार जुम्लामा ५० लाखदेखि २ करोडसम्म लगानी गरेका होटल मात्रै झन्डै १५ वटा छन् । अहिले ठूला लगानीका होटलहरूमा १० देखि २० जनासम्म पाहुना मात्र आउने गरेको बताउनुभयो ।

ती होटलहरूमा दैनिक ५० जनासम्म पाहुनाहरू राख्न सकिने सुविधा छ । होटल दौंतरीका सञ्चालक पदमबहादुर महतले आफूहरूसँग भएका आधा कोठा पनि नभरिँदा व्यवसाय नै धरापमा पर्न थालेको जानकारी दिनुभयो । उहाँको होटलमा १६ वटा कोठाहरू छन्  । तर दैनिक ८ कोठा पनि भरिन मुस्किल हुन्छ । कोरोना महामारी अघिसम्म पर्यटकलाई कहाँ राख्ने होला भन्ने चिन्ता हुन्थ्यो, एक साताअघि नै सबै कोठा भरिभराउ हुन्थे । उहाँले भन्नुभयो, ‘अहिले त व्यवसायीले नै पाहुना खोज्नुपर्ने बाध्यता छ ।’

साउनदेखि भने पर्यटकहरू बढ्ने आशा रहेको संघका अध्यक्ष महतले बताउनुभयो  । उहाँका अनुसार साउन, भदौ, असोज र कात्तिक महिना रारा र जुम्ला घुम्न आउने पर्यटकका लागि उपयुक्त मौसन हो । ‘पर्यटकको संख्या बढ्दै गएपछि साना होटलहरूले पनि लगानी बढाए, यहाँ कुनै बेला त पर्यटकीय होटल बनाउने होडबाजी नै चल्यो । उहाँले भननुभयो, ‘जब कोरोना महामारी सुरु भयो, त्यसबेलादेखि ओरालो लागेको व्यवसायले अझै पनि गति लिन सकेको छैन । संघको तथ्यांकअनुसार कोरोना महामारीअघिसम्म एकै महिनामा ३७ हजारसम्म पर्यटक जुम्ला आएका थिए । जुम्लामा होटल व्यवसायमा झन्डै २ अर्ब रुपैयाँ लगानी भएको संघको अनुमान छ । संघका अनुसार यो व्यवसायबाट कम्तीमा ३ सय जनाले रोजगारी पाएको होटल संघले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?