Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

यौन सुख र भय

Read Time = 6 mins
A A- A+

काठमाडौं । यौन उत्तेजनाको सुरुवात मानिसमा मानसिक तथा शारीरिक कारण दुवैले हुने गर्दछ । यसको लागि एकातिर यौन उत्तेजनात्मक कुरासम्बन्धी सोचाइ तथा परिकल्पनामा हुन्छ भने अर्कोतिर यौन संवेदनशील अंगहरूकै सीधा घर्षणबाट यौन उत्तेजना प्राप्त हुन्छ ।

त्यसपछि धेरैजसो मानिस यौन चरमसुखकाे खोजीका लागि आफ्नो पार्टनरले यौन क्रियाकलापकाे दौरानमा देखाउने र गर्ने भूमिका, आफूले पार्टनरलाई दिन सकेको यौन आनन्द लगायतका कुरामा चिन्तित रहेको पाइन्छ ।

मानिसहरुले अनुभूत गर्ने सुखमध्ये यौन सम्पर्कबाट पाउने सुख उच्चतम हुने हुँदा यसलाई चरमसुख भनिएको हो । हरेक दम्पतिले चरमसुख प्राप्त गर्न लालायित हुनु स्वाभाविक मानिन्छ । यसर्थ हरेक ब्यक्ति यौनको चरमसुखको खोजीमा हुन्छन् ।

अचेल केही नव दम्पतिहरु यौन समस्याका कारण चिन्तित भइरहेको पाइन्छ । यिनै मध्ये कतिले बेला बखद आफ्ना पार्टनरलाई सन्तुष्टि दिन सकिनकी भन्ने चिन्ता लिएर चिकित्सककोमा पनि धाउने गरेका छन् । महिलामा भन्दा यो भय पुरुषमा बढी रहने चिकित्सकहरुले बताएका छन् ।

अलि पाको उमेरका मानिसमा यो चिन्ता हुनु स्वाभाविक भएपनि युवातन्नरी मै यो खालको समस्या आउनु भने केही फरक कुरा हो ।

यौन सुख, सम्बन्ध, आत्मीयता तथा प्रजननमा असर पुर्‍याउने यौनजन्य जटिलताहरु व्यक्तिमा शारीरिक/जैविक, सामाजिक एवम् मनोवैज्ञानिक तनावजस्ता जुनसुकै कारण पनि उत्पन्न हुन सक्छन् ।

लैगिंक उत्तेजना नहुनु (इरेक्टाइल डिसफङसन) या अग्यार्जम (शीघ्रपतन वा लामो समयसम्म स्खलन नहुनु) लगायतका यौनजन्य समस्या व्यक्तिमा यौन प्रतिक्रिया चक्रको विभिन्न चरणमध्ये जुनसुकै समयमा पनि देखा पर्न सक्छन् । तसर्थ व्यक्तिमा देखिने यौन समस्या कहाँ अनि कुन अवस्थामा देखिएको हो ? त्यसको प्रकृतिबारे पत्ता लगाई ती बीचको अन्तर जान्न अत्यन्त आवश्यक रहन्छ ।

यौनजन्य गतिविधि हार्मोन, मानसिक तथा नशासम्बन्धि कार्यप्रणालीहरुको समन्वयित कार्य हो । जसकारण स्वस्थ यौन स्वास्थ्यका लागि व्यक्तिका यी सबै पक्षहरु स्वस्थ्य रहन पनि उत्तिकै आवश्यक पर्दछ ।

मानिसलाई विभिन्न परिस्थितिमा डर लाग्छ । एकहदसम्म यो एक स्वाभाविक प्रक्रिया पनि हो । तर, कतिपय स्थितिमा डर लाग्नुपर्ने कारण साधारण वा सानो भए पनि यसप्रति व्यक्तिले देखाउने प्रतिक्रिया भने असामान्य रूपमा बढी हुन्छ र व्यक्ति भयभीत हुने गर्छ ।

यौनसम्पर्कका सन्दर्भमा हुने यस्तो स्थितिलाई हामी यौन सम्पर्कसँगको भय भनिन्छ ।

यौनसम्पर्क राख्न भयभीत हुने परिस्थितिलाई चिकित्सा भाषामा Genophobia वा Coitophobia भनिन्छ । Geno को अर्थ ग्रिक भाषामा सन्तान offspring हुन्छ र Phobia को अर्थ यौनसम्पर्क हुन्छ । त्यसैगरी Phobia शब्दको अर्थ भय हुन्छ ।

चिकित्सकका अनुसार हामीमा भएको उक्त भयको उचित परामर्शका आधारमा निदानको खोजी गर्नुपर्ने हुन्छ । उत्पन्न भयको जडसम्म पुगेर त्यसको उचित उपचार गर्न सकिने चिकित्सकहरुले बताएका छन् । आफ्नो विगतका घटना र त्यसले आफूलाई पारेको प्रभावबारेमा केलाउनुपर्ने उनीहरुको तर्क छ । मानसिक आघातका कारण पनि मानिसमा यो प्रकारको समस्या देखा परेको हुनसक्ने उनीहरुले बताएका छन् ।  महिलाको हकमा यदि लिंग निकै लामो भएको स्थितिमा फरक आशनको प्रयोग वा लिंग भित्रैसम्म नपसाउने गरेर पनि यौनसम्पर्क गर्न सकिन्छ ।

कतिपय स्थितिमा आफैंले आफ्नो स्थिति केलाउन सजिलो नहुन सक्छ । यसका लागि विरामीले मनोचिकित्सक, मनोरोग विशेषज्ञ वा मनोपरामर्श दिने व्यक्तिको सहायता लिनुपर्ने उनीहरुले बताएका छन् ।

यौनसमस्याको उचित पहिचान पश्चात् बिरामीको अवस्था अनुरुप उनीहरुलाई युरोलोजिस्ट, इन्डोक्रोनोलोजिस्ट अथवा यौन परामर्शदाताको निमित्त सिफारिस गरिन्छ ।

-विभिन्न पत्रीकाको सहयोगमा

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?