धादिङको खनियाँबासबाट पेस्तोल सहित २ जना पक्राउ

Read Time = 2 mins

-बाबुराम श्रेष्ठ
धादिङ । उत्तरी धादिङको खनियाबास गाउँपालिका वडा नं. २ स्थित अक्थलीबाट पेस्तोल सहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झार्लाङका २५ वर्षीय सुनिल तामाङ र अविनाश तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो । भण्डारीका अनुसार उनीहरु स्थानीय पशुराम तामाङको घरमा डेरामा लिई बस्दै आएका थिए ।

सोमवार अवैध रुपमा हातहतियार पेस्तोल लुकाई छिपाई राखेका छन् भन्ने गोप्य सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय धादिङबाट प्रहरी निरीक्षक रमेश थापाको कमाण्डमा खटि गएको प्रहरी टोलीले सुनिल तामाङ र अविनाश तामाङको डेरा कोठा खानतलासी गर्दा म्याग्जिनसहितको पेस्तोल एक थान, खुकुरी एक थान र मोबाईल सेट ३ थान ३ (तिन) बरामद गरिएको छ ।
पक्राउ परेका दुई जनाको अनुसन्धान पछि हातहतियार ऐन सम्बन्धी मुद्धा चल्ने प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?