कोटेश्वरमा हायसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

Read Time = 1 min

काठमाडौं । काठमाडौं कोटेश्वरमा हायसको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ५२ वर्षका देवकुमार सेन रहेका छन् ।

उनको उपचारका क्रममा बी एण्ड बी अस्पलतामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कोटेश्वरबाट सातदोबाटोतर्फ गइरहेको बा २ ख १२२१ नम्बरको हायसले उनलाई ठक्कर दिएको हो ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?