नेपालमा खाद्य स्वच्छता व्यवस्थापन प्रणालीबारे आन्तरिक अडिट सम्बन्धी तीनदिने तालिम सम्पन्न

Read Time = 2 mins

ललितपुर। नेपालमा खाद्य स्वच्छता व्यवस्थापन प्रणालीबारे आन्तरिक अडिट सम्बन्धी तीनदिने तालिम सम्पन्न गरिएको छ ।
खाद्य व्यवस्थापन परामर्श सेवा प्रदान गर्दै आएको 'क्वालिटी एक्सेल' को आयोजनामा सम्पन्न तालिममा आइएसओ २२०००ः२०१८ को उपयोगिता र प्रयोग सम्बन्धमा सहभागीहरुलाई विस्तृतमा जानकारी साथै प्रयोगात्मक तालिम गराइएको थियो ।
हिमाल, पहाड र तराईमा सञ्चालित विभिन्न खाद्य पदार्थ उत्पादन गर्दै आएका उद्योगका जिम्मेवार पदाधिकारीहरु सहभागी भएको तालिममा लामो अनुभव सँगालेका विज्ञ निर्बेक श्रेष्ठले आइएसओ २२०००ः२०१८ बारे विस्तृत जानकारी साथै तालिम प्रदान गराउनुभएको थियो ।

परामर्श अधिकृत सनिल जोशीको संयोजन गर्नुभएको तालिमका सहजकर्ता कार्यान्वयन अधिकृत निकिता श्रेष्ठले परिचयात्मक टिप्पणी र जानकारी सहित सञ्चालन गर्नुभएको थियो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत कृष्ण प्रसाद राईले नेपालमा खाद्य स्वच्छता सम्बन्धी मुद्दाहरु साथै नियन्त्रण प्रणाली विषयमा मन्तव्य व्यक्त गर्नु भएको थियो । नेपाल गुणस्तर तथा नापतौल विभागका निर्देशक संजीव कुमार ठाकुरको प्रमुअ आतिथ्यतामा तालिम समापन गरिएको आयोजक 'क्वालिटी एक्सेल' ले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?