गोपाल र सञ्जीव अमेरिकातर्फ

Read Time = 4 mins
A A- A+

काठमाडौं । तेक्वान्दोका निर्णायक एवं प्रशिक्षक गोपाल भण्डारी र सञ्जीव नेपाली अमेरिका प्रस्थान गर्नुभएको छ । यही जुलाई १ र २ तारिखमा अमेरिकाको भर्जिनियामा आयोजना हुन लागेको ‘युएसए कुकिवान तेक्वान्दो एक्स्पो’ २०२२ मा अफिसियल रेफ्री जर्जको भूमिका निर्वाह गर्न गोपाल र सञ्जीव अमेरिका प्रस्थान गर्नुभएको हो ।

अमेरिकाकै बृहत् प्रतियोगिता मानिने कुकिवान तेक्वान्दो एक्स्पोमा अफिसियल रेफ्री जर्जका लागि उहाँहरू दुवैलाई आयोजकले नै छनोट गरेको बताइएको छ । कुकिवान तेक्वान्दो एक्स्पो ग्रान्डमास्टर एचके लीको अध्यक्षतामा आयोजना हुन लागेको हो ।

कुकिवान तेक्वान्दो एक्स्पोअन्तर्गत जुलाई २७ देखि जुन ४ सम्म मास्टर्स कोर्स, जुन ३ र ४ तारिखमा एक्जामिनर कोर्स र जुन १ र २ मा कुकिवान तेक्वान्दो च्याम्पियनसिप आयोजना हुने तेक्वान्दो प्रशिक्षक एवं निर्णायक गोपाल भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतियोगितामा विभिन्न मुलुकका एक हजारभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । गोपाल गत नोभेम्बरमा अन्तर्राष्ट्रिय मास्टर्स एक्जामिनर कोर्समा सहभागी हुन अमेरिका पुग्नुभयो । अमेरिका बसाइका क्रममा टेक्सास राज्यमा आयोजना भएको डालस फोर्ट वर्थ ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा उहाँले स्वर्णपदक जित्नुभएको थियो । यस्तै ४३औँ क्यापिटल नेसनल ओपन तेक्वान्दो च्याम्पियनसिपमा भने रजत पदक जित्नुभएको थियो ।

यसैगरी गत नोभेम्बर १६ देखि २२ सम्म भएको ८०औँ अन्तर्राष्ट्रिय मास्टर्स तथा एक्जामिनर कोर्स उत्तीर्ण गर्नुभएका उहाँले विभिन्न प्रतियोगितामा अफिसियल रेफ्री जर्जको भूमिका निर्वाह गर्नुभएको थियो । गत डिसेम्बरमा अमेरिकाकै न्युजर्सीमा भएको मेट्रो इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिप, टेक्सास राज्यको हुस्टनमा जनवरी १४ र १५ मा भएको युएस मास्टर्स कप, फेब्रुअरी १९ मा भर्जिनिया राज्यमा भएको भर्जिनिया स्टेट तेक्वान्दो च्याम्पियनसिप र अप्रिल ३ न्युजर्सीमा भएको स्टेट च्याम्पियनसिपमा पनि अफिसियल जर्ज रेफ्रीको भूमिका निर्वाह गर्नुभएको थियो ।

यसैगरी सञ्जीवले सन् २०२१ मे ८ मा अमेरिकामा आयोजना भएको नर्थ क्यारोलिना इन्टरनेसनल च्याम्पियनसिप र सन् २०२१ सेप्टेम्बर ११ र १२ मा भएको फ्लोरिडा ओपन अनलाइन च्याम्पियनसिपमा पनि स्वर्ण पदक जित्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?