भट्टराईको आगो पुस्तकमा आगलागीबाट बच्ने उपाय

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अग्निनियन्त्रक किशोरकुमार भट्टराईको ‘आगो’ पुस्तकको विमोचन गरिएको छ । आगोसँग कस्तो व्यवहार गर्ने र आगलागीबाट कसरी बच्ने भन्ने विषय समेटेर किताब तयार पारिएको हो ।

जुद्ध वारूण यन्त्र काठमाडौंका पूर्वप्रमुख समेत रहेका भट्टराईको पुस्तक काठमाडौं जिल्ला समन्वय समितिका सभापति सन्तोष बुढाथोकीले सोमबार काठमाडौंमा विमोचन गर्नुभयो । कार्यक्रममा बोल्दै भट्टराईले आगलागी नियन्त्रणको लामो अनुभव, सिकाइ र भोगाइलाई समेटेर पुस्तक लेखेको बताउनुभयो ।

उहाँले आगो जन्मदेखि मृत्युसम्म नभई नहुने चिज भएको र हिन्दू धर्मशास्त्र र परम्पराअनुसार मानिस जन्मेपछि कर्मकाण्ड विधि गरी चोख्याउन र मृत्युपछि अन्तिम संकार गरी सेलाउनसमेत आगो चाहिने भएकाले जीवनयापनमा प्रयोग भइरहने भएकाले पनि बढी जोगिनुपर्ने बाउनुभयो ।

उहाँले भन्नुभएको छ, ‘बाँचुञ्जेल दैनिक जीवनयापन गर्न त झन् आगो नभई हुँदैन । यही आगो मानवीय नियन्त्रणबाहिर गए ठूलोमात्रामा जनधनको क्षति हुन्छ । नेपालमा आगलागी नियन्त्रण तथा उद्धारको विषयमा नेपाली भाषामा लेखिएको पुस्तकको अभाव छ । त्यही अभाव पूरा गर्न किताब लेखेको हूँ ।’ यो किताब बिक्रीबाट प्राप्त रोयल्टी समुदायमा अग्नि नियन्त्रण तथा उद्धारसम्बन्धी सचेतना अभिवृद्धि कार्यमा खर्च गरिने पनि उहाँले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?