ब्रोकरले आफ्नै टिएमएस सञ्चालन गर्न पाउने

Read Time = 2 mins

काठमाडौं । ब्रोकर कम्पनीहरूले आफ्नै कारोबार व्यवस्थापन प्रणाली टिएमएस सञ्चालन गर्न पाउने भएका छन् । नेप्सेको सञ्चालक समितिको बैठकले धितोपत्र कारोबार सञ्चालन तेस्रो संशोधन नियमावली २०७९ स्वीकृत गर्दै ब्रोकर कम्पनीले आफ्नै कारोबार व्यवस्थापन प्रणाली टिएमएस सञ्चालन गर्न सक्ने व्यवस्था गरेको हो ।

कार्यविधिअनुसार ब्रोकरले नेप्सेको कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) प्रयोग गर्न वा आफ्नै प्रणाली विकास वा खरिद गरी प्रयोग गर्न, नेप्सेको प्रणालीसँग जडान गर्न विनियमावलीको विनियम २१(ग) बमोजिम विवरण खुलाई निवेदन दिनुपर्नेछ । हाल नेप्सेको टिएमएस प्रयोग गरिरहेका ब्रोकरले पनि ३० दिनभित्र नेप्सेमा आवेदन दिनुपर्नेछ ।

ब्रोकरले पेश गरेको सूचना प्रविधिसम्बन्धी पूर्वाधार तथा सो सम्बन्धी विवरण नेप्सेले तीस दिनभित्र निरीक्षण तथा चेकजाँच गर्नेछ । निरीक्षणपछि नेप्सेले उपयुक्त देखेमा कारोबार सदस्यलाई एक महिनाभित्र प्रणाली खरिद वा विकास गर्न सैद्धान्तिक सहमतिका साथै प्रणाली जडानसम्बन्धी एपिआई डकुमेन्ट प्रदान गर्नेछ ।

आफ्नै कारोबार व्यवस्थापन प्रणाली खरिद वा विकास गरी कारोबार सञ्चालन गर्न चाहने ब्रोकरले प्रणाली विकासपछि वा खरिदपछि नेप्से प्रणालीमा जडानअघि उक्त प्रणाली मान्यता प्राप्त तेस्रो पक्षबाट परीक्षण (अडिट) सम्पन्न गराउनुपर्नेछ । उपयुक्त देखेमा नेप्सेले उक्त प्रणाली परीक्षणका रूपमा जडान गर्न एपिआई प्रदान गर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?