सेयर बजार पुरानै अवस्थामा

Read Time = 2 mins

काठमाडौं । आइतबार बढेको सेयर बजार पुनः सोमबार पहिलेकै अवस्थामा फर्किएको छ । नेप्से झण्डै २४ अंकले घटेको छ । आइतबार नेप्से ९५ अंकले बढेको थियो । सोमबार नेप्से २३.८५ अंकले घटेर १९३३.१३ अंकमा झरेको छ ।

ठूला कम्पनीको सूचक मापक सेन्सेटिभ इन्डेक्स ७.०२ अंकले घटेर ३७५.८२ अंकमा झरेको छ । यस दिन कारोबार रकम दुई अर्ब चार करोड ४८ लाख ३१ हजार नौ सय ४८ रुपैयाँ पुगेको छ । दुई सय २९ कम्पनीका ५६ लाख ४१ हजार पाँच सय ४० कित्ता सेयर कारोबार भएको छ ।

जीवन बिमा र लगानीबाहेक ११ वटै समूहगत सूचक घटेका छन् । नागरिक लगानी कोषको सबैभन्दा धेरै १५ करोड ६५ लाख ८८ हजार रुपैयाँको कारोबार भएको छ । हिमालयन डिस्टिलरी नौ करोड सात लाख, लाइफ इन्स्योरेन्स कर्पोरेसन आठ करोड तीन लाख र नबिल बैंकको सात करोड १४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

एसियन लाइफ, ङादी ग्रुप पावर, अरुण भ्याली हाइड्रोपावर, अरुण काबेली पावर, एचआइडिसिएल र नेपाल पुनर्बिमा कम्पनी शीर्ष १० कारोबार हुने कम्पनीमा समेटिएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?