बिमा जागरूकता दिवसमा इसेवाको अफर

Read Time = 2 mins

काठमाडौं । इसेवाले बिमितले घरमै बसेर बिमा शुल्क भुक्तानी गर्न प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले बिमितहरूका लागि लखपति योजना सञ्चालन गरिरहेको छ । भदौ ५ गतेसम्म सञ्चालन हुने योजनामा इसेवाबाट कुनै पनि जीवन बिमा कम्पनीको बिमा शुल्क भुक्तानी गर्ने व्यक्तिमध्येबाट बम्पर उपहारमा एकजनाले एक लाख रुपैयाँ उपहार प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

उपहार विजेता बिमितको बिमा एजेन्ट र सोही एजेन्टको शाखा कार्यालयले पनि २०/२० हजार नगद उपहार प्राप्त गर्नेछन् । योजना सञ्चालन अवधिभर बिमा शुल्क भुक्तानी गर्नेमध्येबाट हरेक दिन एकजनाले गोलाप्रथाबाट एक हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यो योजना नेपालमा सञ्चालिन सबै बिमा कम्पनीको शुल्क भुक्तानी गर्दा लागू हुने बताइएको छ । इसेवाले पछिल्ला दिनमा इन्स्योरेन्सको प्रिमियम अनलाइनबाट भुक्तानी गर्न प्रोत्साहन गर्न विभिन्न अफर तथा योजना सार्वजनिक गर्दै आएको छ ।

कम्पनीले मंगलबार परेको अन्तर्राष्ट्रिय बिमा जागरूकता दिवसका अवसरमा विशेष अफर सार्वजनिक गरेको थियो । अफरअन्तर्गत इसेवामार्फत् जीवन बिमाको बिमाशुल्क भुक्तानी गर्दा दुई रुपैयाँ क्यासब्याक प्राप्त गर्न सकिने व्यवस्था रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?