जननेता मदन भण्डारीको ७१ औँ जन्मजयन्तीलाई ओलीले सम्बोधन गर्दै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीको आज ७१ औँ जन्म जयन्ती विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । ने

कपा एमाले र उसका निकट संगठनले मदन भण्डारी जयन्तीका अवसरमा साताव्यापाी कार्यक्रम गरिरहेको छ । नेपाली कम्युनिस्ट आन्दोलनको लोकतान्त्रिकरणका लागि ‘जनताको बहुदलीय जनवाद (जबज) को सिद्धान्त प्रतिपादन गरेका भण्डारीको जन्म २००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो ।

भण्डारीले २०४८ सालको महाधिवेशनमा पेस गरेको जबजको सिद्धान्तलाई तत्कालीन नेकपा एमालेले आफ्नो पार्टीको सिद्धान्त मार्गचित्रको रुपमा लागू गर्दै आएको छ ।

भण्डारी र एमालेका तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते दासढुंगामा भएको जीप दुर्घटनामा परी रहस्यमय निधन भएको थियो ।

मदन भण्डारी फाउण्डेशनले जन्म दिवसको अवसरमा आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा जनताको बहुदलीय जनवाद,राष्ट्र निर्माणको आधार विषयक राष्ट्रिय विचार गोष्ठी र मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण कार्यक्रम गर्ने कार्यसूची रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?