-विजय रावत
जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका-७ स्थित दुर्गम बारागाउँका गाउँमा खानेपानी पुगेपछि स्थानीयवासि हर्षित भएकाछन् । सो गाउँका ५१ वर्षिय पुनिबल रावतका अनुसार चार दशक पिउने पानीकै लागि गाउँमा युद्द लडेर बित्यो । एक गाग्री पानीका लागि घण्टौ लाईन बस्नु पर्ने र कसैले भुलेर पनि पालो मिचेपछि आपसमा हुने द्धन्द्धका दुखद क्षणहरु पुनिमल अहिले पनि झलझल्ति सम्झिनुहुन्छ । कति दिन पालो नपाएर रित्तो गाग्री घर फर्किनु परेको स्थानीयवासि रावतले बताउनुभयो ।
गाउँमा वर्षैदेखि खानेपानी अभाव हुदाँको पिडा पुनिबल भन्दा बारागाउँकि सन्तली रावतले बढी भोग्नु परेको छ । एक गाग्री पानीका लागि घर छिमेकी संग भनाभन हुने, कुटाकुट हुने,समयको बचत नहुने अझ रित्तो गाग्री लिएर घर जाँदा गाली खानु परेको अनुभव सन्तलीले पोख्नुभयो ।
वर्षौपछि नमुना खानेपानी आयोजना निर्माण हुँदा पुरै बारागाउँबासीनै उत्साहित छन् । अब एक गाग्री पानीका लागि युद्द लड्नु पर्ने बाध्यताको अन्त्य हुने आशा पलाएको सन्तलीले भन्नुभयो,“अब खानेपानी निर्माण भएको छ । स्थानीयवासि लाई सहज हुने भएको छ । गाउँमा ठुलो खानेपानी आयोजना बनेको छ । यसबाट महिलालाई बढि राहत हुने आशा छ । सो खानेपानीबाट सरसफाई, सिचाईसम्म सहज भएको स्थानीयवासि बताउँछन् ।
बारागाउँमा झण्डै १ सय ७२ घरधुरि छन । १७२ घरधुरीका करिब ११ सय जनसंख्या २ वटा मात्रै धाराको भरमा छन् । गाउँमा बनेको बारागाउँ बृहत्त बहुउपयोगि खानेपानी आयोजनाले नागरिकको तिर्खा मेटाउने छ । खानेपानीको सुविधा पुगेको छ । आयोजनाको दिगो व्यवस्थापन तथा संरक्षणमा नागरिक जिम्मेवार हुनुपर्छ आयोजना निर्माण समितिका अध्यक्ष देव बहादुर रावतले जानकारी दिनुभयो ।
पेश नेपाल जुम्लाद्धारा संचालित क्याप्स कर्णाली परियोजना मार्फत बारागाउँमा नमुना बृहत बहुउपयोगी खानेपानी आयोजना बनेको हो । आयोजनाको ९५ प्रतिशत काम सकिएको छ । पेश नेपाल जुम्लाका अध्यक्ष किशोर न्यौपानले भन्नुभयो,“करिब ६० लाख २५ हजार रूपैया लगानीमा २८ हजार लिटरकार दुई वटा ट्यांकि निर्माण गरिएको छ । करिब ६ किलोमिटर टाढा मुहानबाट खानेपानी लाईन ल्याईएको छ । बारागाउँबासीको आबश्यकतालाई मध्यनजर गरि बृहद् खानेपानी आयोजना बनाएका पेश नेपाल जुम्लाका अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।”
१७२ मा धारा निर्माण हुँदै
बारागाउँ बहुउपयोगी खानेपानी आयोजनाबाट गाउँमा १ सय ७२ धारा निर्माण हुने भएका छन् । आयोजनाको ९० प्रतिशत काम पेश नेपालको लगानीमा सकिएपनि धारा निर्माण स्थानीयले आफै गरेकाछन् ।
अबको डेढ हप्तामा घरघरमन पानी छर्किने छ । पेशले पाईपलाईन घरघर सम्मै पुराउने छ । भने धारा बनाउन मिटर, टुटि सबै उपलब्ध गराएको छ । तर स्थानीयले आफ्नो अनुकुलता अनुसार धारा बनाउने छन् । पानीको अधिकतम सदुपयोगमा जोड दिईने छ । खेर जाने पानीलाई सिचाईमा परिणत गर्ने योजना रहेको आयोजना निर्माण समितिका अध्यक्ष देव बहादुर रावतले जानकारी दिनुभयो । तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले खानेपानी आयोजना प्रशंसा योग्य र नमुना भएको बताउनुभयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका