पोखरीमा डुबेर तीन बालबालिकाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सिराहा र कैलालीमा डुबेर तीन जना बालबालिकाको मृत्यु भएको छ ।

सिरहाको सुखिपुर नगरपालिका-५ हनुमाननगर टोल बस्ने बिनोद पासवानको ३ वर्षीय छोरा नारद कुमार पासवानको डुबेर सोमबार मृत्यु भएको हो । घर छेउमा रहेको पोखरीको डिलमा खेल्ने क्रममा खसेर डुब्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कैलालीको लम्की चुहा नगरपालिका-८ मलभङ्गा बस्ने लाल बहादुर बिष्टकी छोरी ७ वर्षीय आश्रिया बिष्ट र सोही ठाउँ बस्ने भिम बहादुर कुवँरकी छोरी ६ वर्षीय भावना कुवरको सोमबार साँझ डुबेर मृत्यु भएको छ ।

सोही ठाउँस्थित बडिमालिका इँटाभट्टाको पछाडि खेलिरहेको अवस्थामा नजिकै रहेको पोखरीमा खसेर डुबेको अवस्थामा उनीहरु भेटिएका थिए । उद्दार गरी उपचारको लागि खापर हेल्थ क्लिनिकमा लगेकोमा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?