चट्याङबाट कैलाली र कञ्चनपुरमा चारको मृत्यु, तीन जना घाइते

हिमालय टाइम्स
Read Time = 2 mins

-गोविन्द बीसी
टीकापुर । कैलाली र कञ्चनपुरमा चट्याङ लागेर चार जनाको मृत्यु भएको छ भने, तीन जना घाइते भएका छन् ।

खेतमा काम गरिरहेको अवस्थामा मंगलबार कैलालीमा दुई र कञ्चनपुरमा दुई गरी चार जनाको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता (डीएसपी) वेदप्रकाश जोशीका अनुसार मृत्यु हुनेमा कैलालीको कैलारी गाउँपालिका-१ का ५६ वर्षीय सुगापङ्खी र कञ्चनपुरको कृष्णपुर नगरपालिका-५ घर भई गोदावरी नगरपालिका-३ मालाखेतीस्थित खेतमा रोपाइँ गरिरहेको अवस्थामा ४८ वर्षीय पुनाराम चौधरी रहेका छन् ।

चट्याङ लागेर कैलालीको कैलारी गाउँपालिका-३ का ३२ वर्षीय धनीराम चौधरी र वडा नम्बर ४ का ३४ वर्षीय कृष्ण चौधरी घाइते हुनु भएको छ । खेतमा काम गरिरहेको अवस्थामा उनीहरुलाई चट्याङ लागेको प्रहरीले जनाएको छ ।

त्यस्तै, कञ्चनपुरको पुनार्वास नगरपालिका-८ का २५ वर्षीय शारदा थापा र सोही नगरपालिकाको वडा नम्बर ६ टाउन बजार प्रतिभा नगरका ४० वर्षीय देवेन्द्र श्रेष्ठको पनि चट्याङ लागेर ज्यान गएको छ । चट्याङ लागेर कञ्चनपुरकै बेलौरी नगरपालिका-९ की ३० वर्षीय बजलिया राना घाइते हुनु भएको छ । गुलरियास्थित इशान अस्पतालमा उहाँको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?