अपर अरुणमा भोजपुरेले पनि लगानी गर्न पाउनु पर्ने माग, पच्चीस अर्व लगानीको प्रतिवद्धता

Read Time = 2 mins

भोजपुर । संखुवासभा र भोजपुरको बीचबाट रहेको अरुण नदीमा नेपाल विद्युत प्राधिकरणले अनुमति लिई अध्ययन अगाडि बढाएको अपर अरुण आयोजना निर्माणका लागि २५ अर्ब लगानीको प्रतिबद्धता भोजपुरेले गरेका छन ।

अगामी सन २०३० सम्ममा आयोजना निर्माण सम्पन्न गरी १ हजार ६१ मेगावाट उत्पादनको लक्ष्य रहेको आयोजनामा आफूहरुले पनि लगानी गर्न पाउनु पर्ने माग गर्दै भोजपुरेका तर्फबाट प्रदेश नम्बर १ का पूर्वमुख्यमन्त्री शेरधन राईले अपर अरुण हाईड्रो ईलेक्ट्रिक लिमिटेडका सिईओ इन्जिनियर फडिन्द्र जोशी र आयोजना प्रमुख रामचन्द्र पौंडेललार्ई ज्ञापन पत्र समेत बुझाउनु भएको छ ।

अपर अरुण हाईड्रो ईलेक्ट्रिक लिमिटेडको कार्यालयमा माग पत्र बुझाउँदै नेपाल सरकारको स्थानीयलाई हाईड्रोमा लगानीको अवसर दिने नीति अनुसार भोजपुरवासीका लागि २५ अर्बको शेयर जगेडा पाउनुपर्ने माग गरिएको भोजपुर सेवा समाजका अध्यक्ष पासाङ दोर्जी शेर्पाले जानकारी दिनु भयो ।

माग पत्र बुझाउन नेपाली कांग्रेसका केन्द्रिय सदस्य उमेशजंग रायमाझी, भोजपुर सेवा समाजका अध्यक्ष शेर्पा, दाँवाली मिलन कल्वका अध्यक्ष रोशन श्रेष्ठ, इसुवा इनर्जी प्रालिका विक्रम विष्ट, युवा उद्यमी राजकुमार कार्की, ऐश्वर्य श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

प्रधानमन्त्री, उर्जामन्त्री लगायतका सरोकारवाला निकायहरुमा समेत भोजपुरेका तर्फबाट माग पत्र बुझाउने कार्यक्रम रहेको भोजपुर सेवा समाजका अध्यक्ष शेर्पाले बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?