एन्फा अध्यक्ष नेम्वाङलाई फिफा अध्यक्ष जियानीको बधाई तथा शुभकामना

Read Time = 1 min

काठमाडौं । अखिल नेपाल फुटबल संघ ९एन्फा० का नवनिर्वाचित अध्यक्ष पंजकविक्रम नेम्वाङलाई विश्व फुटबल महासंघ फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

६ असारमा निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै नेम्वाङ एन्फा अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

त्यसको आठ दिनपछि फिफा अध्यक्ष जियानीले पत्रमार्फत बधाई दिनुभएको हो ।

जियानीले नेम्वाङको ज्ञान, नेतृत्व, अनुभवले फुटबलको विकासमा टेवा पुर्‍याउनेमा विश्वास व्यक्त गर्नुभएको छ ।

यस्तै, उहाँले नेम्वाङको टिममलाई शुभकामना र सफलताको कामना गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?