१५ बुँदे प्रस्ताव पारित गर्दै एकीकृत समाजवादीको केन्द्रीय परिषद बैठक सकियो

Read Time = 2 mins

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषदको पहिलो बैठक सकिएको छ । बैठकले कम्युनिस्ट तथा वामपन्थी शक्तिहरुलाई एकतावद्ध हुन आह्वान समेत गरेको छ ।

सोमबार र मंगलबार काठमाडौंमा भएको एकीकृत समाजवादीको केन्द्रीय परिषदको बैठकले १५ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ । कम्युनिस्ट र वामपन्थी शक्तिलाई राष्ट्रिय हित, लोकतन्त्र, संघीयता, धर्म निरपेक्षता र संविधानको रक्षाका लागि एकतावद्ध हुन आह्वान गरिएको छ ।

दुई दिन चलेको बैठकले १५ वटा प्रस्ताव पारित गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?