रेसुङ्गा सामाुदायिक वनमा पर्ने गर्जुरामा वृक्षारोपण

हिमालय टाइम्स
Read Time = 3 mins

-रमेश विश्वकर्मा

गुल्मी । ‘वृक्षारोपण गरौं माटो पानी बचाऔं’ भन्ने नाराका साथ गुल्मी जिल्लाको रेसुङ्गा सामाुदायिक वनमा पर्ने गर्जुरामा वृक्षारोपण गरिएको छ । डिभिजन वन कार्यालय गुल्मीको आयोजनामा सरोकारवालाहरूको उपस्थितिमा गर्जुरामा वृक्षारोपण गरिएको हो ।

राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले सुगन्ध कोकिलाको विरुवा रोप्दै वन संरक्षरणमा डिभिजन वन कार्यालयको मात्र जिम्मेवारी नभएर आम नागरिकको जिम्मेवारी भएको बताउनुभयो । उहाँले वनलाई आय-आर्जन, रोजगारसँग जोड्न सकिने भएकाले भविष्यमा जीवनस्तर समेत बदल्न सकिने बताउनुभयो ।

पर्यटन, कृषि, वन, स्वास्थ्य, शिक्षा लगायतलाई समुन्नतीका आधारहरू भएको भन्दै उहाँले भन्नुभयो, ‘सबै स्थानीय तह एकताबद्ध भएर सकारात्मक सोंचका साथ काममा लागिएमा सजिलै गुल्मीलाई समुन्न जिल्ला बनाउनेछौं । त्यस्तै, स्वदेशमा रोजगारका अवसरहरु सिर्जना गरेर विदेश पलायन भएका युवाहरुलाई नेपाल फर्काउनेतर्फ सबैले गम्भीर रुपमा सोच्नुपर्ने बेला आएको छ ।’

त्यस्तै, गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले वनक्षेत्रलाई हरियाली बनाउन वृक्षारोपणसँगै यसको संरक्षणमा सबै लाग्नुपर्ने बताउनुभयो । उहाँले वनलाई समृद्धि र समन्नुतीसँग जोड्नको लागि उचित व्यवस्थापनमा लाग्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

सुगन्ध कोकिला, टिमुर, कल्कि, धुपि, पारिजात लगायतका झण्डै १०० भन्दा बढि विरुवा रोपिएको डिभिजन वन कार्यालय गुल्मीका डिभिजनल वन अधिकृत प्रभात सापकोटाले जानकारी दिनुभयो । उहाँले वनमा वृक्षारोपणसँगै संरक्षणमा पनि सबैको ध्यान पु्ग्न जरूरी रहेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?