भलिबलमा सूर्योदय तेस्रो

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सूर्योदय राष्ट्रव्यापी खेलकुदअन्तर्गत खुला प्लस-२ कलेजस्तरीय नकआउट भलिबल प्रतियोगिताको गल्र्समा तेस्रो भएको छ । बुटवलस्थित सिद्धेश्वर लालकुमारी माविमा भएको खेलमा सूर्योदयले कान्ति माविलाई २-० ले पराजित गर्‍यो । कुँवरवर्ती र न्यु होराइजनले फाइनलमा स्थान पक्का गरिसकेका छन् ।

ब्वाइजमा दीप माविले न्यु होराइजनलाई दुई-एक, कुँवरवर्तीले वीरवार माविलाई दुई-एक, कालिकाले सिद्धेश्वरीलाई दुई–एक तथा उजुरसिंहले शान्ति नमुनालाई २-० ले हराउँदै सेमिफाइनलमा स्थान बनाए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?