नेपाली हाप्किडो टोली उज्वेकिस्तान प्रस्थान

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । उज्वेकिस्तानको फर्गानामा आयोजना हुने एसियाली हाप्किडो च्याम्पियनसिप तथा अन्तर्राष्ट्रिय मास्टर सेमिनार २०२२ मा सहभागी हुने नेपाली टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको छ ।

जुन २९ देखि जुलाई ३ सम्म हुने प्रतियोगितामा सहभागी खेलाडीमा भुवन बुढामगर, प्रवीण गुरुङ, विजयाकुमारी वाइबा र कृति गिरी र गुमान घर्तीमगरको सहभागिता रहनेछ । गण्डकी प्रदेश खेलकुद विकास समितिकी सदस्य तथा गण्डकी प्रदेश हाप्किडो संघकी उपाध्यक्ष तारामाया थापा टिम व्यवस्थापक रहनुभएको छ ।

त्यसै अवसरमा आयोजना हुने सेमिनारमा नेपाल हाप्किडो संघका अध्यक्ष तथा दक्षिण एसियाली हाप्किडो महासंघका अध्यक्ष कालीबहादुर घर्तीमगरले प्रशिक्षण दिनुहुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?