‘साइन्स अफ स्पोर्ट्स ट्रेनिङ’ पुस्तक विमोचन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल विज्ञान खेलकुद प्रतिष्ठान (सान) का पूर्वनिर्देशक डा. प्रकाश प्रधानद्वारा लिखित ‘साइन्स अफ स्पोर्ट्स ट्रेनिङ’ नामक पुस्तक विमोचन गरिएको छ । पुस्तकको प्राडा रामकृष्ण महर्जन, राखेपका पूर्वसदस्य गंगाबहादुर थापा, लेखक प्रधानलगायतले त्रिभुवन विश्वविद्यालयमा आयोजित एक कार्यक्रमबीच विमोचन गर्नुभयो ।

सो अवसरमा राजकुमार कार्कीको अध्यक्षतामा २५ सदस्यीय नेपाल स्पोर्ट्स साइन्स एसोसिएसन गठन गरिएको पनि जानकारी गराइयो । वरिष्ठ उपाध्यक्षमा रुकेश तण्डुकार, उपाध्यक्षमा राकेशकुमार राई, सुनकेशरी माली र राजेन्द्र खत्री, महासचिवमा विपेन्द्र महर्जन, सचिवमा युपेन श्रेष्ठ, विराज काफ्ले र सरोज ऐर, कोषाध्यक्षमा आयशा शाक्य र सह-कोषाध्यक्षमा शरद दर्शनधारी रहनुभएको छ ।

सदस्यमा सुजन नगरकोटी, हरि भट्टराई, राजेन्द्र बुढाथोकी, नितु चौधरी, पुजन थापा, अनिल चौधरी, जय लामा, याङ्गुप बान्तवा, करण पुन, श्रीराम भण्डारी, तर्कराज भट्ट, मिनाकुमारी राई, मुना वासुकला र विजय बुर्जा हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?